सुडान पुगेका २ नेपालीको हतियारधारीद्वारा अपहरण

काठमाडौं, १५ मंसिर । 

सुडानको हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरबाट अपहरणमा परेका दुई नेपालीको पहिचान भएको छ । अपहरणमा पर्नेमा काठमाडौंका रमेश कार्की र प्रशान्त प्रधान रहेका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (यूएनएचसीआर) मा कार्यरत उनीहरुसहित एक सुडानी नागरिकलाई हतियारधारी समूहले अपहरण गरेको हो ।

पश्चिमी डार्फर राज्यको राजधानी जेनैनाबाट उनीहरू अपहरणमा परेका हुन् । पश्चिमी डार्फरका प्रवक्ता अब्देलाह मुस्तफाले अपहरणमा परेको पुष्टि गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...