नेपाल बन्दः माअाेवादी पाेलिट्ब्युराे सदस्य पुनसहित २ सय गिरफ्तार



  • काठमाडाैँ २८ कात्तिक।
खाद्य सम्प्रभुताकाे ग्यारेण्टीकाे मागसहित अायाेजना गरेकाे नेपाल बन्दकाे प्रभाव देशभर परेकाे छ । विगतका बन्दजस्ताे ताेडफाेड-टायर बालिएकाे छैन । बन्द शान्तिपूर्ण रहेको छ ।

सडकमा निस्केका माअाेवादी नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरिरहेकाे छ । माअाेवादीकाे पाेलिट्ब्युराे सदस्य अाेमप्रकाश पुनसहित देशभरबाट २०० नेता-कार्यकर्तालाई गिरफ्तार गरेकाे छ ।

प्रहरीले पार्टीका केन्द्रीय सदस्य तथा युवा जनस्वयमसेवकका केन्द्रीय अध्यक्ष झकबहादुर मल्लसहित कलंकबाट ७ अखिल क्रान्तिकारीका अध्यक्ष पूर्वबहादुर सिंह,महासचिव दिपेन्द्र चलाउने,उपत्यका समन्वय समिति संयाेजक लाेकेश विश्वकर्मासहित बालाजुबाट १८ सहित देशैभरिबाट पक्राउ गरेकाे छ ।

माओवादी नेता ओम प्रकाश पुनलाई काठमाडाैँकाे रत्नपार्कबाट गिरफ्तार गरेकाे हाे । उनीसँगै मनु अछामि, पुर्ण श्रेष्ठ, नराैतम पाण्डे, उद्दव पाैडेल, यमलाल लामिछाने,रामचन्द्र काफ्ले, निमा सेर्पा, शुसिल बलामपाकि, ज्ञान बहादुर खड्का, प्रमेश्वर जाेशि, नकुल चाैलागाई र गणेश बस्नेतलाई गिरफ्तार गरेकाे छ ।

उनीहरुलाई बिशालनगरस्थित जनसेवा प्रहरी वृत्तमा राखेको छ । प्रहरीले देशभरबाट ७६ जना पक्राउ गरेकाे जानकारी दिएकाे छ तर माअाेवादीले भने २०० नेता-कर्यकर्ता गिरफ्तार गरेकाे बताएकाे छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...