फोरमका पूर्व अध्यक्षले गरे केन्द्रीय सदस्यको राम धुलाई, अवस्था चिन्ताजनक

काठमाडौं, १३ मंसिर ।

संघीय समाजवादी फोरम नेपालका मोरङ जिल्लाका पूर्व अध्यक्ष उमेश यादवले अाफ्नै पार्टीका केन्द्रीय सदस्य कुटेका छन् ।

सात जनाकाे समूहमा अाएका यादवले विराटनगरमा केन्द्रीय सदस्य मृत्युञ्जय झमाथिलार्इ कुटपिट गरेका हुन् ।

अन्नपूर्ण पाेष्टका अनुसार यादवकै घरनजिक विराटनगर १८ जतुवामा झामाथि आक्रमण भएकाे हाे । कुटपिटबाट गम्भीर घाइते भएका झाको कोसी अञ्चल अस्पतालको आइसीयुमा राखेर उपचार भइरकोे फोरम नेपालले जनाएको छ ।

विराटनगर १८ नम्बर बडाको आइतबार गर्ने भनिएको अधिवेशन तयारी गर्नका लागि भनेर त्यहाँ पुगेका झाँमाथि बाटो ढुकेर बसेको यादव नेतृत्वको समूहले आक्रमण गरेको संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...