स्याम्पु र तेललाई चुनौती दिदै आयो चायाँ प्रतिरोधी काइँयो

कपालमा चायाँ आउन नदिने स्याम्पु, तेल आदिको बारेमा त सुन्नुभएकै छ । प्रयोग पनि गर्नुभएको छ होला । 
तर अब तपाइँले कपालमा चायाँ नियन्त्रण गर्नका लागि स्याम्पु तथा तेल लगाइरहनु आवश्यक छैन । अब एउटा विशेष काइँयोले कपाल कोरेमात्र पुग्नेछ ।

भारतको नयाँदिल्लीमा आयोजित ३६ औँ अन्तराष्ट्रिय व्यापार मेला अन्तरगत दिल्ली पभेलियनमा एक अद्धितीय काइँयो राखिएको छ । यो काइँयो एन्टी डेन्ड्रफ अर्थात् चायाँ प्रतिरोधी छ ।

यो काइँयो विशेष यस अर्थमा पनि छ की यो निमको काठबाट बनेको हो । निममा एन्टी ब्याक्टेरियल, एन्टी फंगल गुण हुन्छ । यो काइँयोले कपाल कोर्नाले टाउकोमा चायाँ नपर्ने, चिलाउने तथा खटिरा उठ्ने समस्या नहुने बताइएको छ । साथै उक्त काइँयोले कपाल कोर्नाले कपाल झर्ने समस्या पनि कम हुने दाबी गरिएको छ ।

विज्ञका अनुसार प्लास्टिकका काइँयोले कपाल कोर्दा काइँयोमा इलेक्ट्रिक चार्ज पैदा हुन्छ र त्यसले कपालको जरामा असर पारी झर्ने जोखिम हुन्छ । तर उक्त निमको काइँयो पूर्णरुपमा सुरक्षित रहेको दाबी छ । एजेन्सीको सहयोगमा २०७३ मंसिर १५ गते ७:५१ मा प्रकाशित.....

,

प्रतिकृया दिनुहोस्

Loading...