हल्का तनाब स्वास्थ्यका लागि लाभदायक, के-के हुन् फाइदा ?



सिद्धान्त अनुसार मानिसको प्रगति तथा सफलताका लागि सन्तुलित तनाव आवश्यक हुन्छ । 

मानिसले न त अधिक तनावमा कुनै राम्रो काम गर्न सक्छ, न त न्यून तनावको अवस्थामा कुनै प्रगति गर्न सक्छ । 

यो तथ्यलाई विज्ञानले पनि पुष्टि गरेको छ । अध्ययन अनुसार धेरथोर तनाव हुनु जिवनका लागि निकै आवश्यक हुन्छ र स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

तनाव पनि दुई किसिमका हुन्छन् । पहिलो हो, युस्ट्रेस । यसलाई सकारात्मक तनाव पनि भनिन्छ । अर्को हो, डिस्ट्रेस । यो नकारात्मक तनाव हो र यो हानिकारक हुन्छ ।

वैज्ञानिकहरुका अनुसार छोटो समयका लागि हल्का तनाव फाइदाजनक हुन्छ । यसले दिमागी रुपमा मानिसलाई मबजुत बनाउँछ र मस्तिष्कको सक्रियता पनि बढाउँछ ।

साथै सन्तुलित तनावले मानिसको स्मरण क्षमता बढाउनुका साथै सहिष्णुता र अनुकुलन क्षमतामा पनि वृद्धि गर्दछ ।

मस्तिष्कमा नयाँ कोसहरुको वृद्धि भई मस्तिष्कको सक्रियता, सक्षमता, चातुर्यता र अब्बल क्रियाका लागि पनि हल्का तनाव आवश्यक पर्दछ ।

तनावपूर्ण अवस्थाबाट गुज्रिएको मानिसले जिवनलाई अझै सकारात्मक नजरबाट हेर्दछ । साथै छोटो समयको हल्का तनावले रोग प्रतिरोधी क्षमता पनि बढाउने विज्ञहरुको भनाई छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...