यस्तो देखियो पत्रकार कर्ण बोहोराको अन्त्यष्टिमा आफन्त तथा प्रियजनहरुको भीड (फोटोफिचर)

  • इमान्दार मिडिया संवाददाता । काठमाडौं, १२ मंसिर । 
जन्मपछि मृत्यु यो संसारको ध्रुबसत्य कुरा हो । मृत्युले न त बृद्ध भन्छ न त बालक, न त बयस्क नै । न त् धनी भन्छ न त् गरिब । पालो पुगेपछि सबैले एकदिन यो संसार त्याग्नैपर्ने हुन्छ ।

समाजमा दिनहुँ कोही न कोही मान्छेले सदा सदाका लागि यो संसार त्यागीरहेकै हुन्छन् । केही मान्छेको देहान्तमा उनका आफन्त र नाता गोता मात्र शोकाकुल हुन् सक्छन। तर कोही यस्ता व्यक्तित्व हुन्छन्मा जसको मृत्यु मरणमा सिंङ्गो मुलुक रोएको हुन्छ ।

काठमाडौँको भेनस इन्टरनेशनल हस्पिटलमा मिर्गाैलाको उपचाररत श्रीमती ममताको कुरुवा बसिरहेका बेला शुक्रबार निधन भएका सुदूरपश्चिमका चर्चित पत्रकार कर्ण बोहराको अन्त्यष्टिमा त्यस्तै देखियो ।

बोहोरालाई अन्तिम बिदाइ गर्न उनका आफन्त, सहकर्मी र प्रियजनहरुको मात्र उपस्थिति थिएन । देश भरिका पत्रकारहरु, राजनीतिकर्मी, ब्यबसायी बुद्धिजीवी लगायत समजाका थुप्रै अगुवाहरुको भिड लागेको थियो ।

बोहोराको अन्त्यष्टिमा सञ्चारमन्त्रि राम कार्की, पूर्व मन्त्री पम्फा भुषाल, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायत पशुपति आर्यघाटमा पुगेका थिए ।

बोहोराको निधनले सुदूरपश्चिम निकै शोकमग्न बनेको छ । उनको निधनप्रति सामाजिक सञ्जालमा सुदूरपश्चिमका प्राय सबै पत्रकारहरुले निकै दुख व्यक्त गरेका छन् ।

हेरौ पत्रकार बोहोराको अन्तिम बिदाइसंगै सोकमग्न सुदूरपश्चिमलगाएत देशभरका पत्रकारहरुले सामाजिक सञ्जालमा व्यक्त गरेका दुखद स्टाटसहरु :-



  
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका पूर्वअध्यक्ष समेत रहेका बोहरा करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए ।

बझाङको स्याडी गाविस घर भएका बोहरा लामो समयदेखि कञ्चनपुरमा बसेर पत्रकारिता गर्दै आएका थिए ।बोहराको निधनपछि उनकी श्रीमतीको अवस्था चिन्ताजनक छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...