मकालु एयरको विमान सिमिकोटमा दुर्घटना

- काठमाडौं २६ कात्तिक ।
मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।विमानको पाङग्रा पञ्चर भएर दुर्घटना भएको बताइएको छ ।
सुर्खेतबाट समान लिएर हुम्ला गएको ९ एन एजेजी कल साइनको विमान अवरतणका क्रममा बिहान ८ बजे दुर्घटनामा परेको हो । दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ । अन्य कुनै क्षति भएको छैन ।
सामान बोकेर गएको कार्गो विमानमा पाइलट र कोपाइलट दुईजनामात्र सवार थिए ।त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले भने-'दुर्घटनामा परेको भनिएको विमान मकालु एयरको सिंगल इन्जिन कार्गो विमान हो ।
अवतरणका क्रममा टायर पम्चर भएको हो । यो सामान्य हो । अन्य अवस्थामा पनि भइरहन्छ । अहिले पम्चर भएको टायरलाई मर्मत गरेर नियमित अन्य उडान सुरु भएका छन् ।'
प्रतिकृया दिनुहोस्
Loading...
