मेसीसहितको अर्जेन्टीनालाई ब्राजिलले हरायो


  • रियो, कात्तिक २६ एजेन्सी
ब्राजिलले अर्जेन्टिनालाई ३-० गोल अन्तरमा हराएको छ । विश्व कप २०१८ को छनोट अन्तर्गत बिहीबार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई फराकिलो अन्तरले हराउँदै ब्राजिल शीर्ष स्थानमा पुगेको छ।

ब्राजिललाई जिताउन फिलिप कोन्टिन्हो, नेइमार र पाउलिन्होले एक एक गोल गरे। २४ औं मिनेटमा कोन्टिन्होले गोल गर्दै ब्राजिललाई सुरुवाति अग्रता दिलाए । ४५ औं मिनेटमा नेइमारले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा २–० को अग्रता लियो।

यस्तै दोस्रो हाफको ५९ औं मिनेटमा पाउलिन्होले गोल गर्दै ब्राजिलको ३–० को अग्रता दिलाए । त्यसपछि गोल हुन सकेन र ब्राजिल ३–० ले विजयी हुँदै आफ्नो समूहमा शीर्ष स्थानमा रह्यो।

लियोनल मेस्सीसहित खेलेको अर्जेन्टिनाले गोल गर्ने केही प्रयास गरेपछि सफल हुन सकेन।

शीर्ष स्थानको ब्राजिलको ११ खेलबाट २४ दोस्रो स्थानमा झरेको उरुग्वेको २३ अंक छ। ११ खेलबाट १६ अंक जोडेको अर्जेन्टिना छैटौं स्थानमा छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...