मधेशी मोर्चाद्धारा संसद बैठक बहिष्कार, प्रधानमन्त्रीले धोका दिएको आरोप

- काठमाडौँ २६ कात्तिक ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आफुहरुसंग भएको तीन बुदे समझदारी कार्यान्वयन नगरेको भन्दै मधेशी मोर्चाले शुक्रबारको संसद बैठक बहिष्कार गरेको छ ।
बैठक सुरु हुनासाथ समय मागेर बोल्दै संघिय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले तीन बुुदे समझदारी कार्यान्वयन नगरेर प्रधानमन्त्रीले आफुहरुलाई धोका दिएको आरोप लगाए ।
उनले भने ‘तीन बुुँदे मध्यको तेस्रो बुँदामा रहेको सरकारलाई समर्थन गर्ने बुँदा मात्र कार्यान्वयन भयो । दोश्रो र पहिलो बुँदा त कार्यान्वयनको छाँटसम्म पनि देखिन्न । त्यसैले आजको संसद बैठक बहिष्कार गर्दछौँ ।’
उनले सो समझदारीको दोश्रो बुँदामा रहेको घाईतेहरुको उपचार र मुद्धा फिर्ता समेत नभएको बताए ।
संविधानलाई सर्वस्वीकार्य बनाउने विषयामा अहिलेसम्म कुनै पहल नभएकोप्रती समेत उनले आपत्ति जनाए । त्यसलगत्तै मधेशी मोर्चा सम्बद्ध दलका सांसदहरु बैठक छोडेर हिडेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...
