विप्लव माअाेवादीकाे बन्दले देश ठप्प, जनजीबन प्रभावित


  • काठमाडाैँ २८ कात्तिक ।
नेकपा (माअाेवादी) खाद्य सम्प्रभुता ग्यारेण्टीकाे लागि अायाेजना गरेकाे नेपाल बन्दकाे प्रभाव देशभर परेकाे छ । अाइतबार विहानैबाट सडक सुनसान छन् । बन्दको कारण देशैभरिको जनजीबन प्रभावित भएको छ ।

माओवादीले यसपाली बन्दमा केहि फरक हुने बताएको छ । माअाेवादीले लुकेर हाेइन जनतासहित नेता-कार्यकर्ता सडकमा निस्कने दाबि गरेको छ ।

पहिला पहिलाका बन्द भन्दा यो पटकको बन्द भने फरक देखिएको छ । अाइतबारको बन्दमा ताेडफाेड र आगजनीका घटना भने भएका छैनन् ।

माओवादीको आइतबारको बन्दको पूर्वसन्ध्यामा शनिबार राति प्रहरीले कलंकीबाट किसोर न्यौपाने, जीवन लामा सुरेन्द्र घलान, संजिव तामाङ,दिपक, रमेश मगरलगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरेकाे थियाे ।

त्यसैगरी सम्पर्क मञ्चका झनकबहादुर श्रेष्ठलाई प्रहरीले बागबजारबाट गिरफ्तार गरेकाे छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...