महन्थ ठाकुर भन्छन् - अंगीकृत नागरिकता सरकारी प्रपोगण्डा मात्र हो

काठमाडौं, १३ मंसिर ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अंगिकृत नागरिकलाई उच्च पद सरकारी प्रपोगण्डा भएको तर्क गरेका छन् ।

अवधी पत्रकार संघले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ठाकुरले यो मधेसीको माग नभएर पहिलो संविधानसभाले नागरिकताको विषयमा जुटाएको सहमतिलाई लागू गर्नुपर्ने हाम्रो माग रहेको बताए ।

सरकारले संविधान संशोधनको आधिकाररिक मस्यौदा मोर्चालाई उपलब्ध नगराएको उनको गुनासो छ । संशोधन प्रस्ताव नहेरी टिप्पणी नगर्ने उनले बताए । तर, संशोधन विधेयक दर्ताका लागि मागेको समय आज सकिने भएकोले सरकारले के गर्छ हेरेर बसेको उनले बताए ।

एमालेले जहिले पनि मधेसी र मधेसप्रति रुखो टिप्पणी गर्ने गरेको उनको आरोव छ । ठाकुरले संविधान संशोधनमा एमालेले अवरोध पुर्‍याउन सक्ने भए तर रोक्न नसक्ने दावी गरे । ठाकुरले मधेसी मोर्चाको माग नै सम्बोधन नहुने संशोधन प्रस्ताव ल्याएमा विद्रोह गर्ने चेतावनी दिए ।

उनले संविधान संशोधन नभएसम्म कुनै हालतमा चुनाव गर्न नदिने समेत बताएका छन् ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...