ब्रजिलमा तीन दिनको राष्ट्रिय शोक घोषणा, मेसी, नेइमार र रोनाल्डो स्तब्ध

  • काठमाडौं,१५ मंसिर ।


कोलम्बियामा भएको विमान दुर्घटनामा ६ जना बाँच्न सफल भएको कोलम्बियाली अधिकारीहरूले बताएका छन्।

ब्राजिलको श्यापेकोएन्सी क्लबका खेलाडीहरू कोपा सुदअमेरिकानाको फाइनल म्याच खेल्ने तयारीमा थिए।

मेदेइन सहरमा अवतरणको तयारीमा रहेको विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ८१ जनामध्ये धेरैको ज्यान गएको छ।

चार्टर गरिएको अर्थात भाडामा लिइएको सो विमानमा चालकदल, ब्राजिलको श्यापेकोएन्सी क्लबका खेलाडी र पत्रकार सवार थिए।

सो विमान मेदेइन नगरमा ओलर्ने तयारीमा रहेको बेला पहाडी क्षेत्रमा दुर्घटनामा परेको थियो। फुटबल टोलीका गोलकिपरसहित तीन खेलाडी दुर्घटनामा बाँच्न सफल भएका छन्।

कोलम्बियाका अधिकारीहरूले विमानमा विद्युत सम्बन्धि समस्या आएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन्। सो विमानमा इन्धन सकिएको हुन सक्ने अनुमान पनि गरिएको छ।

ब्रिटिश एरोस्पेसको एभ्रो विमानलाई लामिया नाम गरेको कम्पनीको सञ्चालनमा थियो। त्यो विमान बोलिभियाको सान्ता क्रुजबाट उडेको थियो।

‘स्थिति साह्रै नै पछुतोहुने खाल्को छ। हामीले मेदेइनदेखि दमकल र अन्य आपतकालीन सहायता सामग्रीहरूलाई दुर्घटनास्थलमा पुर्‍यायौं। हामीले सक्दो गर्‍यौं। तर, यो साह्रै दु:खद स्थिति,ʼ मेदेइनका मेयर होफेडेरिको गुटिएरेजले भने। मेदेइनका मेयर फेडेरिको गुटिएरेजले दुर्घटना अत्यन्त दु:खद भएको बताए। श्यापेकोएन्सीको टोलीले कोपा सुदअमेरिकाना उपाधिका लागि मेदेइनको एटलेटिको न्यासियोनसँग भिड्ने योजना थियो।

अर्जेन्टिनाको टिमलाई गत साता पराजित गर्दै उक्त टोली अन्तिम दुईमा पुगेको थियो। ब्रजिल छोड्नुअघि श्यापेकोएन्सीका व्यवस्थापकले मेदेइनमा हुने खेल अत्यन्त महत्वपूर्ण हुने बताएका थिए।

दुई लाख जनसंख्या भएको सान्ता कातारिना नगरको प्रतिनिधित्व गर्ने श्यापेकोएन्सीका लागि कोपा सुदअमेरिकानाको फाइनल खेलको यात्रा साँच्चै नै गौरवपूर्ण थियो।

श्यापेकोइन्सी सन् २०१४ मा मात्रै ब्रजिलको पहिलो डिभिजनमा उक्लिएको थियो। स्पेनी क्लब रियल म्याड्रिड र बार्सेलोनाले आफ्ना प्रशिक्षण खेल सुरू हुनुअघि एक मिनेट मौनधारण गरेका छन्। यो दुर्घटनापछि ब्राजिल सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

नेइमार, मेस्सी र रोनाल्डो स्तब्ध

अन्तर्राष्ट्रिय फुटबलका तीन स्टार स्ट्राइकर अर्जेन्टिनाका लिओनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेइमारले ब्राजिलियन क्लब कापेकोइन्सेका खेलाडीहरूको विमान दुर्घटनामा भएको निधनको घटनाप्रति शोक व्यक्त गरेका छन्।


दक्षिण अमेरिकी क्षेत्रको दोस्रो ठूलो प्रतियोगिता मानिने कोपा सुदामेरिकानाको पहिलो लेगको खेल खेल्न कोलम्बिया जाने क्रममा मंगलबार नेपाली समयअनुसार दिउँसो ३ बजे ब्राजिलको ‘ए’ डिभिजन क्लब कापेकोइन्सेका खेलाडीहरूको विमान दुर्घटनामा निधन भएको थियो।

घटनामा क्लबका तीन खेलाडीको जीवित उद्धार गरिएको थियो। उनीहरूको हाल कोलम्बियाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मेसीले आफ्नो ट्विटरमार्फत निधन भएको खेलाडीका परिवार, मित्र तथा क्लबप्रति संवेदना व्यक्त गरेका छन्। यस्तै, नेइमार र रोनाल्डोले पनि यो घटनाबाट आफू स्तब्ध भएको बताएका छन्।

ब्राजिलियन खेलाडीको निधनप्रति मंगलबार ट्रेनिङ सत्रमा बार्सिलोनाका खेलाडीले मात्र होइन, म्याड्रिड र म्यानचेस्टर युनाइटेडका खेलाडीहरू पनि एक मिनेट मौन धारण गरेका थिए।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...