विराट कोहलीले भने - 'अनुष्कासँगको हुने भनिएको इनगेजमेन्ट हल्ला मात्र हो '


क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माबीच नयाँ वर्षमा हुने भनिएको इनगेजमेन्ट हल्ला मात्र भएको बताइएको छ। 

मिडियामा लगातार आएको यस्तो खबर खण्डन गर्दै क्रिकेटर विराट कोहलीले यो खबर हल्ला मात्र भएको बताएका छन्।

समाजिक सञ्जाल ट्विटरमार्फत विराट कोहलीले एक पछि एक गर्दै यो इन्गेजमेन्टको कुरा हल्ला मात्र भएको दाबी गरेका हुन्।

बिहिबार अधिकांश भारतीय मिडियाहरूले टेस्ट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा नयाँ वर्षमा इन्गेजमेन्ट गर्नेबारे समाचार प्रकाशन गरेका थिए।

यद्यपी अभिनेत्री अनुष्काले इन्गेजमेन्टबारे आफूहरूलाई थाहा नभएको भन्दै आफूहरू छुट्टी मनाउन उत्तराखण्ड गएको बताएकी थिइन्।

विराट कोहलीले ट्विट गरेका छन्-‘हामीले कुनै इन्गेजमेन्ट गर्न लागेका होइनौ। यदि गर्ने नै भयौ भने हामी कसैलाई लुकाउँदैनौ।’

विराटले यो ट्वीटको दोस्रो भागमा मिडियाहरूमा गलत समाचार आएको भन्दै भ्रम हटाउन खोजेको बताएका छन्।

२०७३ पुस १५ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...