स्थानीय निकायको निर्वाचन गराए प्राप्त उपलब्धि गुम्ने खतरा : महेन्द्र पासवान


काठमाडौं, १५ पुस ।

नयाँ शक्ति पार्टीका नेता महेन्द्र पासवानले स्थानीय तहको सट्टा स्थानीय निकायको निर्वाचन गराए प्राप्त उपलब्धि पनि गुमिने खतरा रहेको बताएका छन्।

नयाँ शक्ति पार्टीले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सविधानको भावना अनुसार स्थानीय तहको निर्वाचन गराए मात्र मुलुक अग्रगमनतर्फ जाने विश्वास व्यक्त गरे।

सो पार्टीका प्रदेश नम्बर –२ का प्रमुख समेत रहेका नेता पासवानले स्थानीय निकायको निर्वाचन गर्नु भनेको काँग्रेस, माओवादी केन्द्र र एमालले मुलुकलाई २०४७ सालकै संविधानतर्फ फर्काउन खोजेको आरोप लगाउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिए।

संविधान संशोधन नभए निर्वाचनको वातावरण निर्माण हुन नसक्ने र संविधान कार्यान्वयनमासमेत जटिलता थपिने भएकाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने पनि उनले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...