म्याद सकिएपनि नेपालीसँग भएको भारु साटिने

- काठमाडौं, १५ पुस ।
भारतमा पुराना ५०० र १००० का नोट साट्ने समय सीमा सकिन २ दिनमात्र बाँकी रहँदा भारतले नेपाल र भुटानमा रहेका पुराना नोट त्यसपछि साट्न विशेष व्यवस्था गर्ने भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा गरेको घोषणाअनुसार शुक्रबारदेखि पुराना नोट साट्न पाइने छैन तर भारत सरकारले डिसेम्बर ३० देखि रिजर्भ बैंक अफ इन्डियाले तोकेका केही ठाउँमा मार्च ३१ सम्म नोट जम्मा गर्न सकिने जनाएको छ। त्यस पछाडि पनि पुराना नोट राखे कारवाही गर्ने कानुन भारतले बुधबारमात्र सार्वजनिक गरेको छ।
भारतीय अधिकारीहरूका अनुसार समय सीमा सकिए पनि नेपाल र भुटानको हकमा भने केही विशेष व्यवस्थाको तयारी भइरहेको छ। यस अगाडि नेपालले पुराना भारु साट्न गरेको आग्रहमा भारतीय अधिकारीहरूले आफूहरूलाई पहिला आन्तरिक समस्या मिलाउनलाई समय दिन आग्रह गरेका थिए। भारतीय अधिकारीहरूले नेपाली पक्षलाई त्यो आफूहरूले समाधान गर्ने विषय भन्दै धेरै चिन्ता नगर्न भन्ने गरेका छन्।
यस अगाडि नेपाल राष्ट्र बैंकको एक टोली भारतीय पक्षसँग कुराकानी गर्न आउने तयारी भएको थियो। तर, भारतीय पक्षले आफ्नो सरकारले नोट साट्ने व्यवस्था मिलाउँदै गरेको जनाएर नेपालको टोली तत्काल आउन आवश्यक नभएको बताएको थियो।

स्रोतका अनुसार भारत सरकारले नेपालमा रहेका भारु साट्ने व्यवस्था मिलाउन एक टोली पठाउनेछ। नेपालले भने यस अगाडि नै नोट साट्ने प्रबन्धका लागि एउटा सफ्टवेयर निर्माण गरिसकेको छ। स्रोतका अनुसार सम्भवतः जनवरी पहिलो साता भारतले भारु साट्ने प्रयोजनका लागि टोली नेपाल पठाउनेछ।
भारतीय एक अधिकारीले नेपाली नागरिकसँग रहेका ५०० र १००० को नोट बैंकमार्फत साट्ने व्यवस्था मिलाउन केही समय दिइने बताए। उनका अनुसार नगदमा साट्नेभन्दा पनि नेपालीसँग भएका भारु बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिनेछ, जसका लागि बैंक खाता आवश्यक पर्नेछ।
नेपालले आफ्ना नागरिकसँग भएको भारु कम्तीमा २५ हजारसम्म साटिदिन आग्रह गरेको छ, तर भारत यसमा सहमत हुने हो अथवा होइन भन्ने यकिन छैन। नेपाल सरकारले पुराना नोट साट्न कम्तीमा १० दिनको समय आवश्यक पर्ने जानकारी भारतीय पक्षलाई गराएको छ।
यस अगाडि खुला सिमानाका कारण भारतबाट नेपालमा भारु जाने भयले भारतले नेपाल र भुटानमा रहेका भारु साट्ने विषयमा कुनै निर्णय लिएको थिएन। उसो त भारतीय पक्षले नेपाललाई आफूहरूले कुनै न कुनै व्यवस्था गर्ने आश्वासन दिइरहेको थियो। केही दिन अगाडि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँगको भेटमा भारतीय विदेश राज्यमन्त्री भीके सिंहले पनि भारु साट्ने व्यवस्था गर्ने आश्वासन दिएका थिए।
‘भारतीय पक्षले कुनै न कुनै व्यवस्था गर्छौं भनेका छन्, हामीले छिटो गर्न भनेका छौं,’ उपाध्यायले भने। उपाध्यायले नेपालीले आफूसँग भएका भारु नोट नसाटिने हो कि भन्ने भयले कम मूल्यमा साट्न थालेको जानकारीसमेत भारतीय पक्षलाई गराएका थिए। भारतमा रहेका नेपालीले भोगेका समस्याबारे भने केही नहुने अब लगभग निश्चित भइसकेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अकस्मात् गरेको नोट रद्दको घोषणासँगै आइपर्ने नगदको समाधानका लागि कम्तीमा ५० दिन आवश्यक पर्ने बताएका थिए। तर अहिलेसम्म पनि भारतीय बैंकहरूमा सहज रूपमा नगदको प्रवाह हुन सकेको छैन।
नगदको अभावसँगै भारत सरकारले क्यासलेस अर्थतन्त्रलाई अगाडि बढाउने भन्दै डिजिटल अर्थतन्त्रका लागि सबै संस्थालाई प्रेरित गरिरहेको छ। अहिले एटीमबाट एक दिनमा दुई हजार रुपैयाँमात्र निकाल्न मिल्छ तर पनि एटीएमहरूमा पैसाको अभाव रहेकै छ।आगामी डिसेम्बर ३० सम्म नगदको प्रवाहमा सुधार हुने भारतीय वित्त मन्त्रालयले जनाएको छ। तर पूर्ण रूपमा अवस्था सहज हुन भने कम्तीमा अर्को २–३ महिना लाग्नेछ।
भारतले नेपाल राष्ट्र बैंकलाई दिने भारतीय रुपैयाँमा समेत कमी गरेकाले नेपालमा भारुको अभाव भएको छ, जसले गर्दा औषधि उपचार तथा अन्य प्रयोजनका लागि भारत आउने नेपाली नागरिक प्रभावित भएका छन्।
भुटानले पनि भारतलाई समस्या समाधान गर्न आग्रह गरिरहेको छ। भारु प्रतिबन्धले भुटानको आयात तथा निर्यातमा समस्या उत्पन्न भएका खबर सार्वजनिक भइरहेका छन्। भारतमा रहेका कूटनीतिक समुदायले पनि आफूहरूलाई नगदको अभाव रहेको गुनासो गरिरहेका छन्। भारत सरकारले भने समग्र भारतीय जनतालाई नै अप्ठ्यारो परिरहेकाले समस्या बुझिदिन आग्रह गरेको छ।
मोदी सरकारले गरेको यो निर्णय आगामी वर्ष हुने उत्तर प्रदेशलगायतका प्रदेशहरूको चुनावमा एक महत्त्वपूर्ण एजेन्डा बन्ने देखिन्छ। विपक्षी दलहरूले पर्याप्त तयारीबिना ल्याइएको यो नीतिका कारण सर्वसाधारण जनता मर्कामा परेको र यसले कालो धन नियन्त्रण नगर्ने बताइरहेका छन्। कालो धन, नक्कली मुद्रा तथा आतंकवादी गतिविधि नियन्त्रण गर्ने भन्दै भारत सरकारले ५०० र १००० का नोट रद्दको घोषणा गरेको थियो। आजको कान्तिपुरमा यो खबर छापिएको छ।

प्रतिकृया दिनुहोस्
Loading...