सेयर कारोबार घट्यो



काठमाडौँ, २१ मङ्सिर ।

धितोपत्र बजारमा नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ९.९१ प्रतिशतले उकालो लागेको छ ।

कुल १३६ कम्पनीको नौ लाख ४० हजार ४२१ कित्ता सेयर रु ७७ करोड १८ लाख १९ हजार ३०१ मूल्य बराबरको सेयर कारोबार भएको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने आज घटेको छ । 

बजार खुल्नेबित्तिकै एक हजार ५४४ बिन्दुमा रहेको नेप्से उतारचढाव भई एक हजार ५५४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.७१ प्रतिशतले बढेको छ ।

जलविद्युत् समूहको सेयर ओरालो लाग्दा अन्य समूहको सेयर भने उकालो लागेको छ । बैंकिङ ०.४१, होटल २.७३, विकास बैंक ०.१४, फाइनान्स ०.७३, बिमा २.४५, उत्पादन ०.११ र अन्य समूह ०.०८ प्रतिशतले बढेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...