दिवङ्गत पत्रकार बोहोराको परिवारलाई २ लाख सहयोग


अमेरिका, २१ मङ्सिर ।

अमेरिका तथा क्यानडामा बस्दै आएका नेपालीले दिवङ्गत पत्रकार कर्ण बोेहराको परिवारको सहयोगार्थ सङ्कलित १ लाख ६० हजार नेपाल पत्रकार महासङ्घलाई पठाएका छन् । 

आर्थिक सहयोग संयोजक पत्रकार भानुभक्त आचार्यले महासङ्घ मार्फत उपलब्ध गराउन कोषाध्यक्ष सूर्यमणि गौतमलाई आज रकम पठाएका हुन् । नेपाल, अस्ट्रेलिया, क्यानडा र अमेरिकामा रहेका सञ्चारकर्मी र शुभेच्छुकले सो रकम प्रदान गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...