सिरियाको एलेप्पोबाट ३ हजारभन्दा बढीको उद्दार

- एजेन्सी, १ पुस ।
विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका तीन हजारभन्दा धेरै नागरिकलार्ई बाहिर निकालिएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रसले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ । रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि फसेकाहरुको उद्दार गरिएको हो ।
अन्य मानिसको पनि उद्दार भइरहेको विविसीले जनाएको छ । पूर्वी एलेप्पोमा विद्रोहीले झण्डै चार वर्षदेखि कब्जा गर्दै आएका थिए ।
त्यहाँका स्थानीयलाई समेत उनीहरुले बन्धक जस्तै बनाएर राखेका थिए । रुसी रक्षा मन्त्रालयले उद्दार गरिएका घाइते, सर्वसाधारण र लडाकुलाई इदलिब प्रान्तमा राखिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
