यू-१९ एसिया कप : नेपाल भर्सेस भारत आज


  • काठमाडौं, १ पुस  ।

उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले शुक्रबार भारतसँग खेल्दै छ । खेल श्रीलंकाको कोलोम्बोमा विहान सवा १० बजे हुने छ । 

बिहीबार भएको खेलमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकालाई कडा टक्कर दिएर नेपाली टोली उच्च मनोबलमा छ भने भारत नेपालको खेल देखेपछि नेपाललाई सजिलो आँक्न नहुने मनस्थितीमा पुगेको छ । श्रीलंका प्रस्थान गर्नु अघि नेपालका कप्तान सन्दिप लामिछानेले नेपाल भारतसँग डराउनु पर्ने अवस्था नरहेको बताएका थिए । उनले भने ‘भारत को हो र ? हामी उसँग डराउनु पर्ने ।’

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग एक रनले पराजित भएको थियो । जितका लागि २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल खेल सकिन ३ बल अघि २ सय २६ रन बनाएर अल आउट भयो ।

बिहीबारै भएको खेलमा भारतले मलेसियालाई २३५ रनले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया तथा समूह बि मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...