यु–१९ एसिया कप - भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

- काठमाडौँ, १ पुस ।
उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज अर्को टेस्ट खेल्ने राष्ट्र भारतको सामना गर्दैछ ।
कोलम्बो क्रिकेट ग्राउण्डमा भइरहेको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गरेको छ ।
हिजो भएको खेलमा श्रीलंकासँग नेपाल जीतको नजिक पुगेर एक रनको झिनो अन्तरले पराजित भएको थियो ।
श्रीलङ्काले नेपाललाई दिएको २२८ रनको चुनौती पछ्याउने क्रममा नेपालले अन्तिम ओभरमा २२६ रनमा आलआउट हुन पुग्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरेले सर्वाधिक ९० रन बनाए पनि अन्तिम ओभरमा आउट हुँदै नेपाललाई जित दिलाउनबाट बञ्चित रहे ।
श्रीलङ्कामा जारी प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया पनि छन् ।
त्यसैगरी समूह बी मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् ।
प्रतिकृया दिनुहोस्
Loading...
