संसद अबरुद्ध गर्ने एमालेको नियतमा प्रश्न उठ्यो - कमल थापा


  • काठमाडौं, २१ मंसिर ।

सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन प्रस्ताव संसदबाट पारित नहुने बताएका छन् । संसदबाट पारित नै नहुने विधेयकलाई छलफल गर्न नदिँदा प्रमुख प्रतिपक्ष नेकपा एमालेको नियतमा प्रश्न खडा भएको उनले बताए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा अध्यक्ष थापाले भने, ‘अहिलेको संसदको बनावट हेर्दा त्यो सरल रुपमा पास हुनसक्ने अवस्था पनि छैन । त्यस्तो अवस्थामा अनिश्चितकालसम्म संसदलाई अवरुद्ध गराउनुको पछाडिको नियतबारे गम्भीर प्रश्न खडा भएको छ ।’

उनले संविधान संशोधनका केही दफाहरु राष्ट्रिय हित अनुकुल नभएको दाबी समेत गरे । त्यही भएर राप्रपालाई संशोधन प्रस्ताव मान्य नभएको उनले प्रष्ट पारे ।

‘मधेस केन्दि्रत दलहरुलाई पनि चित्त बुझेको छैन । पाँच नम्बर प्रदेशका जनता आन्दोलनमा छन् । संसद अबरुद्ध भएको छ । साथसाथै केही दफाहरु राष्ट्रिय हित अनुकुल छैन भन्ने हाम्रो ठहर छ,’ उनले भने ।

नयाँ शिराबाट छलफल गरी संविधान संशोधन प्रस्ताव संशोधन गर्नुपर्ने आवश्यक्ता उनले औंल्याए । अध्यक्ष थापाले राजनीतिक नेतृत्व एकतावद्ध नभए मुलुक संकटमा फस्ने चेतावनी पनि दिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...