करेन्ट लागेर इलाम र कञ्चनपुरमा २ को मृत्यु

- काठमाडौँ १६ पुस ।
करेन्ट लगाएर माछा मार्न गएका युवकको आफ्नै करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै उता भीमदत्तनगर–नुहाउनका लागि पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर शुक्रबार कञ्चनपुर, भीमदत्त नगरपालिका–८ मटेनाका ६३ वर्षीय धर्मानन्द पन्तको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तार जोड्ने क्रममा पन्तलाई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बम नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
