हल सिटी र इभर्टनबिचको खेल बराबरीमा

- एजेन्सी, १६ पुस ।
प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा हल सिटी र इभर्टनबिचको खेल २–२ को बराबरीमा सकिएको छ । खेल सुरु भएको छैठौं मिनेटमै सिटीले गोल गर्दै अग्रता लिएको थियो ।
सिटीका क्पतान मिचेल डसनले छैठौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका हुन् । प्रिमियर लिगको यो सिजनमा डसनको यो तेस्रो गोल हो ।
पहिलो हाफको अतिरिक्त समयमा सेमस कोलम्यानले गरेको हेडलाई सिटीका गोल रक्षक डेभिड मार्शलले पन्च गरेका थिए । गोल रक्षक मार्शलले गरेको पन्चलाई केभिन मिराल्सले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यस्तै दोस्रो हाफको ६५ औं रोवर्ट स्नोडग्रसले गाले गर्दै पुन सिटीलाई अग्रता दिलाए । खेल सकिन ६ मिनेट बाँकी छदाँ इर्भटनका रोस बक्रालीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेल बराबरी भएसँग इभर्टनको २७ अंक छ भने सिटीमो १३ अंक छ । ४६ अंक जोड्दै अंक तालिकाको पहिलो स्थानमा चेल्सी छ । त्यस्तै ४० अंक सहित लिभरपुल दोस्रो र ३९ अंक सहित म्यानयु तेस्रो स्थानमा छन् ।
प्रतिकृया दिनुहोस्
Loading...
