नयाँ संरचनागत प्रतिवेदनको आधारमा निर्वाचन गराउनु पर्छ - गोपाल किराती

- विराटनगर, ३० मंसिर ।
नेकपा (माओवादी केन्द्र) का नेता गोपाल किराँतीले पुरानै संरचनामा गराइने स्थानीय निकायको निर्वाचन मान्य नहुने बताएका छन्।
प्रेस सेन्टर नेपाल मोरङशाखाले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पुनःसंरचना आयोगले बुझाउन लागेको नयाँ संरचनागत प्रतिवेदनको आधारमा निर्वाचन गराउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।
उनले नेपाली काँग्रेस, एमाले, राप्रपा र मधेस केन्द्रित दलहरु पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गराउन उद्यत रहेको आरोप पनि लगाए।
प्रतिकृया दिनुहोस्
Loading...
