नियमितको शारीरिक सम्बन्धले महिलाहरुको स्मरण शक्ति बढाउछ !


एक नयाँ अध्ययनले महिलाहरुले नियमित शारीरिक सम्पर्क गर्ने महिलाहरुको स्मरण शक्ति बढ्ने देखाएको छ । 

क्यानाडाको म्याकगिल युनिभर्सिटीको रिसर्चका अनुसार शारीरिक सम्पर्कले महिलाहरुमा शब्दहरु सम्झिने शक्तिमा वृद्धि हुने उल्लेख गरेको छ ।

सो अध्ययनले पेनिस वजाइनल इन्टरकोस (पिविआइ) एक स्वस्थ युवा महिलाको स्मरण कार्य राम्रोसँग हुने देखिएको छ । 

यस अघि यहि किसिमको अध्ययन पशुमा गरिएको थियो र पछि यसलाई युवा महिला र खासगरी कलेजका विद्यार्थीहरुको बिचमा गरेको थियो । 

यस अध्ययनमा १८ देखि २९ बर्षका ७८ महिलाहरुको शब्द चयन र अनुहारको आधारमा कम्प्युटर मेमोरी प्रोग्राममा राखेर हेरिएको थियो ।

जसबाट अधिक शारीरिक सम्पर्क गर्ने महिलाहरुमा शब्दलाई याद गर्ने क्षमाता बढी देखिएको थियो । सो अध्ययनमा महिलाहरुमा अधिक शारीरिक सम्बन्ध दिमागको एक हिस्सा, स्मरण प्रकृया र शरीरको स्नायु प्रणालीको एक महत्वपूर्ण विषय भएको बताएको छ ।

-एजेन्सीको सहयोगमा

,

प्रतिकृया दिनुहोस्

Loading...