शहर सफा गर्ने अभियानमा विप्लव माओवादी, देश राजनीतिको फोहोर पनि बढार्छौ : नेता मल्ल

  • काठमाडौँ २३ मङ्सिर ।

काठमाडौँमा रहेका विभिन्न बसपार्क क्षेत्र र शहरका गल्ली तथा चोकहरुको फोहोर विप्लव माओवादीले बढार्ने भएको छ ।

नेकपा (माओवादी)को युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकले सञ्चालन गरेको "राष्ट्रको लागि युवा अभियान" टोलीले शुक्रबार काठमाडौँको बालाजु बसपार्क र गोंगबु बसपार्क सफा गर्दै छ ।

बिहान ६ बजेदेखी १० बजे सम्म हुने सरसफाई अभियानमा बसपार्कका ब्यबसायी र स्थानीयवासीको समेत सहभागिता रहने सयुक्त उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष युबराज पराजुलीले बताए ।

सरसफाई कार्यक्रममा युवा संगठनको अभियान टोलीका साथै माओवादीका नेता धर्बेन्द्र बास्तोला, माइला लामा, झक बहादुर मल्ल लगायतका नेता कार्यकर्ताको सहभागिता रहने रास्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रिय सचिब किरण पोख्रेल 'केशब' ले जानकारी दिएका छन् ।

काठमाडौँ महानगरपालिका र गोंगबु क्षेत्रका व्यापारीहरुको समन्वयमा गरिन लागेको सरसफाई अभियानपछि माओवादीले दिउसो ११ बजे बसपार्कमा रहेका सम्पूर्ण ब्यबसायी र माओवादी नेताहरुको उपस्थितिमा "अन्तर्राष्ट्रिय बसपार्क निर्माणमा सरोकार पक्षको धाराणा" बिसयक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ।

त्यस्तै राष्ट्रिय युवा जनस्वयमसेवकका नेता झक बहादुर मल्लले देशको संसदीय राजनीति भित्रको फोहोर र सिंगो देशको फोहोर बढारेर देश नै सफा गर्ने बताएका छन।  

"हामीले जनता, सेना र प्रहरीसँग मिलेर, असपताल, चोक र गल्लीहरु लगाएत थुप्रै ठाउँमा सरसफाइ अभियान सम्पन्न गरिसकेका छौ ।, भोलीको कार्यक्रम पनि सोहि अभियान अन्तर्गत नै हो ।" मल्लले भने ।

साह्रै गन्हाइरहेकाे नेपालकाे संसदीय राजनीतिक बिकृतिलाई जरैदेखी फाल्न जनतासँग हातेमालाे गरेर अघि बढ्न जनस्वयम् सेवकले अभियान सञ्चालन गरेको उनले बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...