नेपालद्वारा भारतसामू १ सय ७३ रनको लक्ष प्रस्तुत, रोहितले हाने अर्धशतक

- काठमाडाैं, १ पुस ।
श्रीलंकामा जारी एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भारतसामू १७३ रनको बिजयलक्ष्य पेश गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७२ रन जोड्यो । भारत केहिबेरमा जवाफी व्याटिङमा उत्रँदैछ ।
नेपालका लागि सातौं नम्बरका ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्बाधिक ६४ रन जोडे । पौडेलले ४९.२ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।
त्यसपछि भारतीय बलर कमलेश नगरकोटीबिरुद्ध आक्रामक देखिएका पौडेलले लगातार चार बलमा क्रमसः चौका, चौका, छक्का र चौका प्रहार गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याए । उनले अन्तिम ओभरमा २४ रन नेपालको खातामा जोडेका थिए ।
यसअघि दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । श्रीलंकाबिरुद्धको हिजोको खेलमा ९० रन बनाएका उनले आजको खेलमा ६२ बल खेलेर ४ चौकसहित ३४ रन बनाए ।
औषत सुरुवात गरेको नेपालले एघारौं ओभरमा पहिलो विकेट गुमाएको थियो । अठारौं ओभरसम्म नेपालले पाँच विकेट गुमाइसकेको थियो । मध्यक्रममा दिपेन्द्रबाहेक अन्य कुनै ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
ओपनर आसिफ शेखले १८ रन बनाए । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका क्रमसः आदिल खान र भीम कार्कीले खाता खोल्न सकेनन् ।
विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले १३ र कप्तान सन्दीप लामिछानेले नेपालको खातामा ७ रन जोडे ।बलिङतर्फ भारतका राहुल चाहरले सर्बाधिक ५ विकेट लिए ।

प्रतिकृया दिनुहोस्
Loading...