विप्लव माओवादीनिकट विद्यार्थीद्वारा जुलुश प्रदर्शन ( यस्ता छन् मागहरु)


  • काठमाडौं, १४ पुस ।

नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आफ्ना केन्द्रीय सदस्य, चन्द्र बुढा र प्रकाश साहीको रिहाई तथा बढ्दाे महँगी र सैक्षिक माफियाबिरुद्ध कारवाहीको माग गर्दै जुलुश प्रदर्शन गरेकाे छ ।

गत पुस ७ गते सर्वोच्च अदालत परिसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दलिएको थियो । कालोमोसो दल्ने बुढा र साहीलाई प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई रिहाईको माग गर्दै क्रान्तिकारीले जुलुश निकालेको हो ।

क्रान्तिकारीको काठमाडौं उपत्यका विशेष समितिले आयोजना गरेको जुलुश शान्तिबाटिकाबाट शुरु भए भइ जमल, भोटाहिटि, घण्टाघर, बागबजार पुतलीसडक हुँदै प्रदर्शनी मार्गमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै संगठनका केन्द्रीय सचिव रामबहादुर विश्वकर्मा राजनीतिक नेतृत्वले भ्रष्टहरुको संरक्षण गरेको आरोप लगाए । उनले पक्राउ परेका आफ्ना २ केन्द्रीय सदस्यहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । भ्रष्टाचारी लोकमानसिंह कार्कीमाथि आफूहरुले जनकारवाही गरेर सरकारले गर्ने काम आफ्नो सङ्गठनले गरेको उनको दाबी थियो ।

यता उपत्यका संयोजक लोकेश विश्वकर्माले लोकमान जस्तै अन्य भ्रष्ट्रचारीलाई पनि निशानामा राखिएको खुलाशा गरेका छन् । भ्रष्ट र दलालहरुलाई अखिल (क्रान्तिकारी)ले कारवाही गर्दै जाने उनले बताए ।

नेत्रविक्रम चन्द ' विप्लव' नेतृत्वकाे अखिल (क्रान्तिकारी) शैक्षिक माफिया, शिक्षा क्षत्रमा मौलाएको कालोबजारी, महँगील र दलालिकरणका बिरुद्ध बिभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...