प्रर्दशनकारीमाथि भएको प्रहरी दमनप्रति प्रजिअले मागे माफी
- गुल्मी, २ पुस ।
गुल्मीको सदरमुकाम तम्घासमा शुक्रबार प्रर्दशनकारीमाथि भएको प्रहरी दमनप्रति प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले माफी मागेका छन्।
उनले प्रशासनले संयमता अपनाउँदा अपनाउँदै पनि प्रहरी र आन्दोलनकारीबिच भएको झडपबाट उत्पन्न परिस्थीतिप्रति दुःख व्यक्त गर्दै आफूहरुबाट पनि केही कमजोरी भएको बताए।
शुक्रबार भएको घटनापछि प्रर्दशनकारी र सुरक्षाकर्मीबिच दुरी बढ्न थालेपछि त्यसबाट आउँदा दिनहरुमा उत्पन्न हुनसक्ने असहज परिस्थितिलाई रोक्न प्रमुख जिल्ला अधिकारी ढुंगानाले शनिबार जिल्ला विकास समितिको कार्यालयमा सर्वपक्षीय बैठक बोलाएका छन्।
बैठकमा संसद कमला बिश्वकर्मासहित जिल्ला स्थित संयुक्त संघर्ष समिति, विभिन्न राजनीतिक दलका प्रमुखहरु र नागरिक समाजका केही व्यक्तिले शुक्रबारको घटनामा प्रहरी दमन भएको भन्दै प्रमुख जिल्ला अधिकारीले माफि माग्नु पर्ने अडान राखेका थिए ।
बैठकमा झडपमा परेर घाइते भएकाको औषधि खर्चमा प्रशासनले पहल गर्ने भन्दै प्रमुख जिल्ला अधिकारीले झडपमा आदेश भन्दा विपरीत गएर आन्दोलनकरीमाथि दमन गर्ने सुरक्षाकर्मीमाथि पनि छनविन गरिने बताए ।
पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको १८ औं दिन पनि पूर्ण रुपमा बन्द छ । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा समस्या थपिएको छन् ।
प्रतिकृया दिनुहोस्
Loading...
