बम आक्रमणमा परी १३ सुरक्षाकर्मी मारिए, कम्तीमा ४८ घाइते

- काठमाडौँ २ पुस।
टर्कीको कायसेरीमा शनिबार भएको बम आक्रमणमा परी १३ जना सुरक्षाकर्मी मारिएका छन् । कम्तीमा ४८ जना घाइते भएका प्रहरी अधिकारीहरुले जनाएका छन् ।
बसमा यात्रा गरिरहेका बेला आक्रमणकारीहरुले बसमै बम प्रहार गर्दा उनीहरुको मृत्यु भएको जनाइएको छ । टर्कीका उपप्रधानमन्त्री भेयसी कायनाकले कार बम विस्फोट भएको र बसमा रहेका सुरक्षाकर्मीलाई लक्षित गरी विस्फोट गराइएको बताएका छन् ।
घटनामा घाइते भएकाहरुलाई तत्काल स्थानीय अस्पतालमा उपचार गरिएको छ । घाटनामा केही आम नागरिकसमेत परेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...
