'गोलीगठ्ठासहित कार्यकर्ता गिरफ्तार' भन्ने समाचारको विप्लव माओवादीद्वारा खण्डन,कार्यकर्ता तत्काल रिहा गर्न माग


  • इमान्दार मिडिया संवाददाता
  • काठमाडौं, २३ मंसिर ।

नेकपा (माओवादी)ले 'जाजरकोटमा गोलीगठ्ठासहित माओवादी कार्यकर्ता गिरफ्तार' गरिएको सम्बन्धि बिभिन्न संचारमाध्यमले सम्प्रेषण गरेको समाचारको खण्डन गरेको छ ।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादी भेरी ब्युरो इन्चार्ज जीवनले विहीबार एक विज्ञप्ति जारी गर्दै सत्यतथ्य कुराको खोज नै नगरी तथ्यबिना नै सरकारले संचारमाध्यमहरुद्वारा सार्बजनिक गर्नु उपयुक्त नभएको बताएका छन् ।

'यहि मंसिर २१ गतेका दिन जाजरकोटको छेडा बजारमा हाम्रा पार्टीका कार्यकर्ताहरुलाई गोलीगठ्ठा सहित गिरफ्तार गरिएको भनि सम्प्रेषित समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ।' विज्ञप्ति भनिएको छ, - 'उक्त स्थानमा गिरफ्तार गरिएका नैन बाहदुर बिष्ट, मिलन शाही, दिर्घबहादुर नेपाली र धर्मराज देवकोटा पार्टीका स्थानीय र जनबर्गीय संगठनका कार्यकर्ता हुन् । तर कार्यकर्ता सांगठनिक कामको सिलसिलामा हिडीरहेका बेला उनीहरु चढेको उक्त सरकारी गाडीमा गोलीगठ्ठा कहाँबाट आयो ? सत्यतथ्यको खोजी नै नगरी तथ्यबिना सरकारले संचारमाध्यमद्वारा सार्बजनिक गर्नु उपयुक्त हुदैन ।'

उक्त घटनाको बारेमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा (माओवादी) ले आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न समेत माग गरेको छ ।

मंगलबार दिउँसो जिल्ला सिक्षा कार्यालय जाजरकोटको सरकारी गाडीमा लिफ्ट मागेर गइरहेका चार ४ माओवादी कार्यकर्तासहित ९ जनालैई २ सय ५ राउण्ड गोली र ९ वटा म्यागजिन बोकेको भन्दै प्रहरीले गिरफ्तार गरेको थियो ।


, , ,

प्रतिकृया दिनुहोस्

Loading...