'स्थानीय तह पुनः संरचनाको विषय छिटै टङ्गो लाग्छ'

ताप्लेजुङ, २२ मङ्सिर ।

सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुनःसंरचनालाई चाँडै टुङ्गोमा पु¥याउन सरकारलाई सबै दलको साथ चाहिएको बताएका छन ।

आज ताप्लेजुङ सदरमुकाममा प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री जवेगुले संविधान निर्माणका क्रमसँगै देखिएका केही दल अहिले सत्ता बाहिर रहे पनि कार्यान्वयनको विषयमा एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।

उनले संरचना तयार गर्ने क्रममा सीमा, सङ्ख्या आदि विषयमा देखिएका जटिलतालाई सरकारले गम्भीररुपमा लिएको बताउँदै सर्वमान्य बनाउन सरकार लागि परेको दाबी गरे ।

सबै प्रदेशमा देखिएका प्राविधिक समस्याको पहिचान र निराकरण गर्ने सवालमा सचिवलाई समेत खटाइएको जानकारी दिँदै उनले मुलुकलाई निकास दिने कुरामा कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे ।

तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न र संविधानको सफल कार्यान्वयन गर्नका लागि संरचनाका विषयमा धेरै विवाद निकाल्न नहुने समेत बताए।

चासोक तङ्नामका अवसरमा आजदेखि सुरु भएको विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको एक समारोहबीच उद्घाटन गर्नुभयो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...