सीमांकन हेरफेरविरुद्ध भइरहेको आन्दोलन षड्यन्त्र हो - प्रचण्ड


  • काठमाडौं, २४ मंसिर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमांकन हेरफेरविरुद्ध भइरहेको आन्दोलनलाई षड्यन्त्रको संज्ञा दिएका छन् ।

शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा माओवादी निकट अगुवा कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री प्रचण्डले भने, यो संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक जे जति उपलब्धीहरु माओवादीको पहलमा भयो, त्यो सबैलाई उल्ट्याउने षडयन्त्रबाट प्रेरित छ ।’

आन्दोलनरत एमालेतर्फ इंगित गर्दै उनले भने, ‘जसलाई संघीयता मन परेको छैन, गणतन्त्र मन परेको छैन, समावेशी समानुपातिक मन परेको छैन तिनिहरुले नै यी सब बखेडा झिकिरहेका छन् ।’

सरकार निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको भन्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने गरी तयारीमा जुट्न निर्देशन दिए ।

मओवादी अध्यक्ष समेत रहेका प्रधाननमन्त्री प्रचण्डले माओवादी पहिलो पार्टी नबने जनयुद्ध, जनआन्दोलन लगायतका संघर्षका उपलब्धी गुम्ने खतरा रहेको बताए ।

उनले हालसम्मका उपलब्धी सबै माओवादी जनयुद्धको जगबाट प्राप्त भएकाले माओवादी पार्टी सबैभन्दा लोकप्रिय बन्ने सम्भाबना रहेको औंल्याए । ‘तपाईं हामीले अलिकति मेहनत गर्‍यौं भने राजनीतिक रुपले फेरि हामी एक नम्बर बन्ने सम्भावना छ । त्यसैले जनयुद्धकै जस्तो स्पीरिटमा चुनावको तयारीमा लागौं ।’ प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘हामी बलियो भएनौं भने सबै उल्टिने खतरा छ । हामी बलियो भयौं, सक्रियतापूर्वक लाग्यौं, जनताको मन जित्न सक्छौं ।’

उनले माओवादी पार्टीलाई एकताबद्ध पार्न आफू क्रियाशील रहेको बताए । ‘वैद्य जीलाई पनि ल्याउन सकिन्छ, बाबुराम जीलाई टाढिनबाट रोक्न सकिन्छ, मिलायो भने विप्लव जी पनि आउनु हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादीहरु मिल्नुको विकल्पै छैन ।’

, ,

प्रतिकृया दिनुहोस्

Loading...