संशोधन विधेयक राष्ट्रघाती - एमाले, कांग्रेसका २७ सांसदको आपत्ति


  • काठमाडौं, १६ मंसिर ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ ।

बिहीबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले संसदमा दर्ता भएको संशोधन विधेयक राष्ट्रघाती भएको ठहर गरेको छ ।

‘संविधानको ठाडो उल्लंघन गर्दै, अदालतको अपहेलना गर्दै र जनतालाई विभाजित गर्ने गरी प्रस्तुत भएको राष्ट्रघाती विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ, एमाले सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

बिहीबार संसद बैठक अवरुद्ध गरेको एमालेले विधेयकविरुद्ध एकतावद्ध हुुन दलहरुलाई आहृवान गरेको छ ।

एमालेले संशोधनविरुद्धको आन्दोलनलाई देशब्यापी बनाउने निर्णय गरेको छ । र, आन्दोलनलाई शान्तिपूर्ण रुपमा अघि बढाउन, निजी तथा सार्वजनिक सम्पतिको रक्षा गर्न, जातीय, साम्प्रदायिक तथा भौगोलिक एकता र सद्भावलाई प्राथमिकता दिन अपिल गरेको छ ।

यता तराई मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका २७ सांसद संविधान संशोधन विधेयकको पक्षमा उभिएका छन् । साथै उनीहरुले संशोधन पास गर्न सहयोगका लागि प्रमुख विपक्षी नेकपा एमालेलाई पनि अपील गरेका छन् ।

कांग्रेसका सांसदहरुले संसदमा दर्ता भएको संशोधन विधेयकको स्वागत गरेका छन् र, मधेसको माग सम्बोधन गरेर चुनावमा जान यो कोशेढुंगा सावित हुने दाबी गरेका छन् ।

तराई मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका २७ सांसदद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मुख्य विपक्षी दल एमालेको नेतृत्व पङ्तिले आपत्ति जनाउँदै राष्ट्रघातको संज्ञा दिनु आपत्तिजनक छ ।’

उनीहरुले अघि भनेका छन्, ‘एमाले जस्तो जिम्मेवार पार्टीले संशोधन विधेयक अघि बढाउने प्रक्रिया नै रोक्ने गरी संसद अवरुद्ध गर्नु र सडक आन्दोलन चर्काउन चाहनुले उ समस्या समाधान गर्ने नभएर चर्काउन उद्दत भएको आभास हुन्छ । यस्तो घटनाले एमाले स्वयंम निर्वाचनको पक्षमा नभएको सन्देश दिएको छ ।’

, ,

प्रतिकृया दिनुहोस्

Loading...