अनिश्चितकालिन अर्घाखाँची बन्द तीन बजेदेखि बन्द खुल्ने

  • काठमाडौं, १९ मंसिर ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने गरी संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता भएपछि अनिश्चितकालिन बन्द भएको अर्घाखाँची आइतबार दिउँसो तीन बजेदेखि बन्द खुल्ने भएको छ ।

पाँच दिनदेखिको बन्दले जनजीवनमा असर परेकाले बन्द फिर्ता लिन लागिएको संघर्ष समितिले जनाएको छ । सोमबार सन्धिखर्कमा गर्ने वृहत जनप्रदर्शनमा गाउँका नागरिक ल्याउनका लागिसोमबार बिहान ११ बजेसम्म बन्द तथा आम हडताल फिर्ता लिएको संघर्ष समितिका संयोजक विष्णु मुस्कानले बताए।

लगातार पाँच दिनदेखिको बन्दले जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सन्धिखर्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । बजार, उद्योग तथा कलकारखाना ठप्प छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...