माओवादी सल्यानका सदस्य गणेशमान सिंह प्रहरी हिरासतमा !

काठमाडौँ, १९ मङ्सिर |

नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्रेको छ । गएराति उनलाई उनकै गाउबाट पक्राउ गरेको हो ।

गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको परिषदमा जनताका मागहरू सम्बोन नगरी एक्लौटी गरेको भन्दै पुन संशोधनको माग राखेको विषयलाई लिएर हिजो भएको छलफल निश्कर्ष विहिन भएपछि फर्किएर गाउमा सुतिरहेको बेला प्रहरीले पक्रेको माओवादी सल्यानले जनाएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समेत रहेका गणेशमानले स्थानियबासिको आग्रहमा आफु छलफलमा गएको भन्दै छलफलमा अन्य स्थानबाट गएका काग्रेशीका कारण सहमति नभएको भन्दै राति सुतिरहेको बेला आफुलाई गिरफ्तार गरिएको बताएका छन ।

स्थानिय जनताका मागहरु पुरा गराउनलाई आफुले जनताको माग सहित छलफल राख्न अनुरोध गरेको तर काग्रेशले नांगो हस्तक्षेप गरेको माओवादीको आरोप छ । ढाकाडामको माओवादीका विरुद्ध अन्य स्थानबाट गएको काग्रेशको दादागिरीका कारण सहमति हुन नसकेको माओवादीले आरोप लगाएको हो ।

गाविस सचिव मोहन डि.सी. ले नेपाली काग्रेशको कार्यकर्ता बनेर काग्रेश पार्टीको आडमा रहि पार्टीका पुर्व जिल्ला सचिव एकराज डि.सी.लाई लिएर गएको र उनिहरुकै कारण परिषद् संशोधन हुन नसकेको माओवादी सल्यानका सेक्रेटरी विश्वको आरोप छ ।

स्थानिय निकाय हेर्ने जिल्ला विकास समिति पनि काग्रेशको इशारामा चलेको भन्दै ढाकाडामबासीका मागलाई सम्बोधन गर्ने भन्दा काग्रेशका माग सम्बोधन गर्ने सचिवलाई नछाडिने बताएका छन ।

उता जिल्ला विकास समिति सल्यानका सूचना अधिकृत पूर्ण बहादुर वलीले सहमति गरेर परिषदको संशोधन गर्ने गरि बैठक बसेतापनि सहमति नभएका कारण अर्को दिन बैठक बस्ने गरि स्थगित गरौं भन्दा माओवादीका साथीहरुले त्यसोभए माइन्यूट हामीलाई दिनुस भनेकाले प्रहरीसंग भएको माइन्यूट साथीहरुलाई बुझाइएको बताएका छन ।

गाविसका जनतालाई बेखबर बनाइ केहि राजनीतिक दल र गा.वि.स. सचिवको मिलोमतोमा मनपरी बजेट विनियोजन गरिएको भन्दै स्थानियले मंसिर १३ मा अनिश्चीतकालिन तालाबन्दि गरेका थिए ।

मंसिरमा विनियोजित बजेटको संशोधन गर्नेभनेपछि खुलेको थियो । त्यसमै टेकेर भएको हिजोको बैठकमा सहमति नभएपछि विप्लव माओवादीले गाविसको माइन्यूट कब्जामा लिएको थियो ।

आफ्ना नेता पक्राउ गरेको भन्दै स्थानियबासी र विप्लव माओवादी कार्यकर्ताले गाविस कार्यालयमा आज तालाबन्दी माओवादीले जनाएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...