राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै !



काठमाडौँ, १९ मङ्सिर | 

संविधान संसोधनको मुद्दाका दलहरुबीच धुव्रीकरण बढेपछि राष्ट्रपतिले बैठक बोलाएकि छन ।

 राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आज छलफलका लागि बोलाएकि हुन । नेपालको संविधानको संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

छलफलका लागि आज ४ बजे अगाडि शीतलनिवास आउन फोनमार्फत बोलाएको नेताहरुले बताएका छन् । छलफलमा दलहरुबीच संविधान संसोधनमा विषयमा देखिएको धुव्रीकरण र समाधानका लागि मिलेर जान राष्ट्रपतिले आग्रह गर्नेछिन । 

प्रमुख राजनीतिक दलको सहमतिबिनै सरकारले गत मंगलबार संविधान संशोधन प्रस्ताव दर्तासँगै देशका विभिन्न भागमा आन्दोलन सुरु भएपछि राष्ट्रपतिले सबै दललाई शीतल निवास बोलाएकी हुन । 

यसअघि राष्ट्रपति भण्डारीले मंसिर १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलाई शीतल निवास बोलाएर मिलेरै संविधान संशोधन प्रक्रिया अघि बढाउन आग्रह गरेकी थिइन ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...