साम्राज्ञीले अवार्ड शोमा ड्रेस सम्हाल्न नसकेपछि हंगामा


शनिबार राती दुवैमा सम्पन्न भएको नवौँ नेफ्टा अवार्डमा उत्कृष्ट नायक नायिकाको अवार्ड अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले पाएका छन् । 

कबड्डी कबड्डीबाट दयाले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने क्लासिकबाट नम्रताले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । यो सँगै नम्रताले यो बर्ष उत्कृष्ट अभिनेत्रीका सबै अवार्डहरु आफ्नो पोल्टामा पारेकी छिन् । नम्रता र दयाले यो बर्षको राष्ट्रिय पुरस्कार पनि जितिसकेका छन् । 

सिनेमा ड्रिम्सबाट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले नव अभिनेत्रीको अवार्ड हात पारिन् भने नाई नभननु ल ४ बाट अभिनेता पल शाहले नव अभिनेताको अवार्ड हात पारे । नवौ नेफ्टा अवार्डमा आर्कषणको मुख्य केन्द्र विन्दु बने निर्देशक दीपेन्द्र के खनाल । 

दीपेन्द्रेल निर्देशन गरेको सिनेमा पशुपति प्रसादले उत्कृष्ट सिनेमाको अवार्ड पायो । तर उक्त अवार्ड लिनको लागि दीपेन्द्र उठेनन् । दीपेन्द्र अवार्ड लिन स्टेजमा नगएपछि दीपकराज गिरीले उक्त अवार्ड उठाएका थिए । दिपेन्द्र आफ्नो नैतिकताले उक्त अवार्ड लिन नदिने भन्दै अवार्ड लिन स्टेजमा नगएको बताईएको छ । 

यो बर्ष दिपेन्द्रलाई प्रायजसो अवार्डहरु उत्कृष्ट निर्देशकको रुपमा मिलिरहेका थिए । तर नेफ्टामा भने दिपेन्द्रले पाउँदै आएको उत्कृष्ट निर्देशनको अवार्ड फिल्म वडा नम्बर ६ का निर्देशक उज्जवल घिमिरेले पाए । त्यस्तै निर्देशक दीपा श्री निरौलालाई प्रोत्साहन पुरस्कार दिईएको छ । 

नेफ्टापछि साम्राज्ञीको तस्वीर भाईरल एकातिर निर्देशक दीपेन्द्रले अवार्ड लिन नमानेर नेफ्टा अवार्डको चर्चा भईरहेको छ भने अर्कातिर यो बर्ष नेफ्टाको चर्चा नव अभिनेत्रीको अवार्ड पाएकी साम्राज्ञीले लगाएको ड्रेसले पनि गराएको छ । 

अवार्ड शोमा नृत्य प्रस्तुत गरेर सबैको ध्यान आफूतिर तानेकी साम्राज्ञी अवार्ड शो सकिएपछि झनै चर्चामा आएकी छिन् । अहिले साम्राज्ञीको एक तस्वीर सामाजिक सञ्जालमा भाईरल बनेको छ । उनको यो तस्वीर हेरिसकेपछि धेरैले उनलाई ड्रेसअपमा ध्यान दिएर आफूले सम्हाल्न सक्ने ड्रेसहरु मात्रै लागाउन सुझाव दिएका छन् ।

२०७३ पुस १३ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...