साफ फुटबल : लगातार ३ गेम जित्दै समूह विजेता बन्यो नेपाल

- काठमाडौं, १५ पुस ।
चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हराएको छ । नेपालकी सपना लामाले खेलको ८७ औँ मिनेटमा गोल गरिन् ।
जितसँगै नेपाल समूह एको विजेता बनेको छ । शुक्रबारको खेलअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले समूह चरणका सबै खेल जितेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । माल्दिभ्सविरुद्धको दोस्रो खेलमा नेपालले ९–० को जित हासिल गरेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...
