सेभिल्लाले बार्सिलोनालाई उछिन्यो, ११ मिनेटमा चार गोल

  • एजेन्सी, ३ पुस

बार्सिलोनालाई पछि पार्दै सेभिल्ला स्पेनिस ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत गएराति भएको खेलमा सेभिल्लाले मालागालाई ४–० ले हराउँदै अंक तालिकाको स्थानमा उक्लिएको हो। 

सेभिल्लाको जितमा लुसिएनो विएट्टोले २ तथा बेन यड्डर र माचिन पेरेजले गोल गरेका थिए। पहिलो हाफमै चार गोल गरेको सेभिल्लाले ११ मिनेटको बिचमा गोल गरेको थियो।

६१ औं मिनेटमा एडिल रामी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो । तर मालागाले गोल फर्काउन सकेन । जितपछि सेभिल्लाको १६ खेलबाट ३३ अंक भएको छ ।

लिगमा एक खेल कम खेलको बार्सिलोना ३१ अंकसहित तेस्रो स्थानमा झरेको छ। शीर्ष स्थानको रियल मड्रिडको १५ खेलबाट ३७ अंक छ।

,

प्रतिकृया दिनुहोस्

Loading...