अण्डर १९ एसिया कपका लागि खेलाडी छनौट (नामसहित)


काठमाडौं,२० मंसिर।

श्रीलंकामा हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

छनौट समीतिले प्रारम्भीक टोलीमा परेका ५२ खेलाडीबाट सन्दिप लामिछानेको कप्तानीमा चार वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट हण्टबाट छनौट गरेका ५२ खेलाडीबाट छनौट गरी अन्तिम टोली घोषणा गरिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एसिया क्षेत्रकाका अधिकृत वेंकटपथी राजु, मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दास रहेको छनौट समितिले टोली घोषणा गरेको हो । एसिसी १९ वर्षमुनिको एसिया कप क्रिकेट डिसेम्बर १३ देखि २४ सम्म श्रीलंकामा हुनेछ ।

टिममा पर्न सफल प्लेयरहरु !
१) सन्दिप लामिछाने (कप्तान)
२) मोहम्मद आसिफ शेख
३) रविन्द्र जंग शाही
४) आदिल खान
५) भीम सार्की
६) अनिल कुमार साह
७) दिपेन्द्र सिंह ऐरी
८) पवन सर्राफ
९) सुवर्णाकार उराव
१०) सन्दिप सुनार
११) कमल सिंह ऐरी
१२) नन्दन यादव
१३) प्रकाश केसी
१४) रोहित कुमार पौडेल
१५) अविश कर्ण

वैकल्पिक खेलाडी

१) शाहब आलम
२) किशोर महतो
३) बिक्रम भुसाल
४) सुशान्त थापा

,

प्रतिकृया दिनुहोस्

Loading...