नेकपा (माओवादी) निकट अनेमसंघकी नेतृ मनु अछामि गिरफ्तार


  • काठमाडौं, २० मंसिर ।

नेकपा (माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की नारायणी ब्युरो संयोजक मनु अछामिलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यसअघि पक्राउ परेका माओवादी नेता कार्यकर्ताको रिहाईको माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार आज माओवादीले  सिन्धुली बन्द आह्वान गरेको छ । 

सोहि क्रममा प्रहरीले सोमबार बिहानै सिन्धुलीको कमलामाई नगरपालिका स्थित बसपार्कबाट अछामीलाई पक्राउ गरेको माओवादीले जनाएके छ ।

बन्दका कारण सो क्षेत्रका बजार पसल , शिक्षण संस्था , करकारखाना ठप्प छन् । यस्तै सिन्धुली भित्रिने तथा बाहिरिने सवारी साधन पनि सन्चालनमा आएका छैनन् भने पूर्व पश्चिम राजमार्ग समेत ठप्प भएको छ ।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको बन्दका कारण सिन्धुलिको जनजिवन बिहानैबाट प्रभावित भएको छ । 

तीन दिन अघि पत्रकार सम्मेलनका क्रममा आयोजना स्थलबाटै सिन्धुलीका पार्टी सेक्रेटरी राजु कार्कीलाई प्रहरीले पक्राउ गरेपछि माअ‍ेवादीले उनको रिहाईको माग गर्दै आज सिन्धुली बन्द गरेको हो ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...