जीपको ठक्करबाट थापाको ज्यान गयाे


  • धादिङ, २३ पुस ।

जीपको ठक्करबाट एक जनाको ज्यान गएपछि स्थानीय बासिन्दाले धादिङ–नौबिसे सडकखण्ड अवरुद्ध गरेका छन् ।

काठमाडौंबाट मनाङका लागि छुटेको बा १५ च ४४८२ नम्बरको जीपले नौविसे ४ कानाकोटमा ठक्कर दिँदा अन्दाजी ६५ वर्षका सानु थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने जीप चालकलाई पक्राउ गरेको छ । घटनापछि स्थानीय बासिन्दाले धादिङ–नौबिसे सडकखण्ड अवरुद्ध गरेका हुन् । प्रहरीले बल प्रयोग गरेर भएपछि बाटो खुलाउने प्रयास गरिरहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...