डिपिएलका खेलाडीको अक्सन आज, को बन्लान महंगो खेलाडी ?



  • काठमाडौं,२३ पुस ।

धनगढी प्रिमियर लिग क्रिकेटका लागि शनिबार खेलाडीको अक्सन अर्थात बोलकबोलबाट खेलाडी अनुबन्ध गरिँदैछ । काठमाडौंको एक होटलमा हुने अक्सनबाट ६ वटै टिमले १४ जना खेलाडी चुन्ने डिपिएलका संस्थापक सुवास शाहीले जाकारी दिए ।

सात लाख रुपैयाँभित्र सबै १४ जना खेलाडीलाई टिममा अनुबन्ध गरिसक्नुपर्ने नियम बनाइएको छ । यसरी छनौट गरिने १४ जना खेलाडी मध्ये हरेक क्लवमा कम्तिमा चारजना कुनै पनि राष्ट्रिय प्रतियोगिता नखेलेका खेलाडी हुनैपर्नेछ ।

६ वटै टिमका कप्तानको छनौट यसअघि नै अक्सनबाटै गरिएको थियो । जसअनुसार विराटनगर किङ्सको शरद भेषावकर, काठमाडौं गोल्डेन्सको वसन्त रेग्मी, रुपन्देही च्यालेन्जर्सको शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारी, चौराहा धनगढीको पारस खड्का र सिआइसी अत्तरियाको कप्तान ज्ञानेन्द्र मल्ल छन् ।

अक्सन हुने दिन घरेलु प्रतियोगिताका सबैभन्दा महंगा क्रिकेटर को बन्ने हुन् भन्ने कौतुहलताको विषय बनेको छ । अक्सनबाटै छानिएका कप्तानलाई डेढ डेढ लाख रुपैयाँमा टीमले अनुबन्ध गरेका हुन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...