ताप्लेजुङमा बिभत्स हत्या गरिएका बनरक्षक शाहीलाई शहीद घोषणा गरिने



काठमाडौं, २१ पुस ।

सरकारले ताप्लेजुङको खोक्लिङमा हत्या गरिएका बनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्ने भएको छ । 
साथै उनको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता पनि दिने भएको छ ।

जाजरकोट स्थायी घर भएका शाहीको १७ पुसमा खोक्लिङ गाविस-४ मा खुकुरी प्रहार गरी बिभत्स हत्या भएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कर्तव्य पालनाको सिलसिलामा शाहीको हत्या भएकाले उनलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र उनका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

यसैगरी बाँकेका खेल प्रशिक्षक बासुदेव भट्टराई र कालिकोट निवासी कर्णबहादुर खड्काको पनि कामको सिलसिलामा मृत्यु भएकाले उनीहरुको परिवारलाई पनि १० लाख रुपैयाँ बराबरको आर्थिक सहायता दिइने कार्कीले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...