पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली बर्खास्त, आजै नयाँ सीईओ नियुक्त हुने




  • काठमाडौं, २१ पुस । 


सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।

ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो । उनले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका थिए । तर, उनले आफू ५ वर्षका लागि नियुक्त भएको भन्दै स्पष्टीकरण सोध्न आधार नै नभएको दाबी गरेका छन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको छ । अर्को सीईओ आजै नियुक्त गर्ने र दुबै निर्णयलाई एकसाथ सार्बजनिक गर्ने समझदारी भएको मन्त्रिपरिषद स्रोतले बताएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका सीईओले काम गर्न नसकेको घाम झै छर्लङ्ग रहेको बताए । साथै उनले आजै नयाँ सीईओ नियुक्त हुने जानकारी दिए । तर, कसलाई नियुक्त गर्ने भन्ने खुलाएनन् ।

स्रोतहरुका अनुसार सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमण श्रेष्ठसँगको परामर्शपछि यो निर्णय लिइनेछ ।

केपी ओली नेतृत्वको सरकारले १० पुस २०७२ मा ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो ।

यो पनि पढ्नुहोस्

, ,

प्रतिकृया दिनुहोस्

Loading...