प्रचण्ड सरकारका गृहमन्त्री विप्लव माओवादीको निगरानीमा !

- काठमाडाैँ , १९ पुस ।
नेकपा (माअाेवादी)का महासचिव विप्लवले गृहमन्त्री विमलेन्द्र निधिले माअाेवादीलेबारे गरेकाे टिप्पणीलाई दलालको विषाक्त अभिव्यक्तिकाे रुपमा लिएकाे बताएका छन् ।
महासचिव विप्लवले एक अनलाइनसँगकाे अन्तरवार्ताकाे क्रममा गृहमन्त्रीकाे गतिविधिलाई अाफ्नाे पार्टी र जनताले निगरानी गरिरहेकाे बताएका छन् । ‘सत्ताकब्जा गरेपछि एउटा दलालको विषाक्त अभिव्यक्तिका रुपमा लिएका छौँ । हामीलाई यसमा कुनै चिन्ता छैन् । किनभने निगरानी उनले मात्र होइन, हामीले पनि गर्छौं । जनताले पनि गर्छन् । हामी त प्रतिस्पर्धामा न छौँ’ विप्लवले भने ।
अन्तरवार्ताकाे क्रममा विप्लवले अाफ्नाे पार्टीकाे महाधिवेशनकाे नारा लेख्न र महंगी घटाउ भनेर नारा समेत नदिएकाे र जानजान ठूलाे धराैटी भन्दै मागिएकाे सबै अाफूलाई राम्राेसँग जानकारी भएकाे बताएका छन् । उनले दलाल संसदीय व्यवस्थाविरुद्धकाे क्रान्तिकारीकाे प्रक्रियालाई राेक्न खाेजेकाे भन्दै कल्पना नगर्न भनेका छन् ।
गृहमन्त्री निधिले केही समयअघि नेकपा (माअाेवादी)का गतिविधि गैरराजनीतिक छन् भन्दै त्यसमाथि सूक्ष्म निगरानी गरिएको बताएका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...
