जेलमै बसेर सबैको पैसा तिर्छु - सुधीर बस्नेत


  • काठमाडौं, २० पुस ।


व्यवसायी सुधीर बस्नेतले जेलमै बसेर सबैको पैसा तिर्ने बताएका छन्।

गज्जब साप्ताहिकका लागि नवराज मैनालीसँग कुरा गर्दै बस्नेतले भने- मैले ठग्न चाहेको भए टन्न पैसा लिएर विदेशमा गएर बस्न सक्थेँ। स्वदेश फर्कनुपर्ने कुनै कारण थिएन। सबै समस्या हल गर्छु भनेरै फर्किएको हुँ। तर, काम गर्ने वातावरण मिलरिरहेको छैन। हाम्रो यत्रो सम्पत्ति अलपत्र छ।

हामीसँग सात/आठ अर्बभन्दा धेरै सम्पत्ति छ। अहिले घरजग्गाको व्यापार यस्तो राम्रो भएका बेला काम गर्न पाइएको छैन। मलाई सरकारले वातावरण देओस्। जेलमै बसेर भए पनि म सबैको कारोबार मिलाउन तयार छु।

,

प्रतिकृया दिनुहोस्

Loading...