सुनचाँदीको मूल्य बढ्यो


  • काठमाडौँ, १९ पुस । 

आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार प्रति तोला ५२ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५२ हजार ९ सयमा कारोबार भईरहेको छ।

त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार ३ सय ५५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार १ सय ४० तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५१ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...