कबिता: तिम्रो सपना पुरा भएन र दाइ !

हामीले पनी त्यसैगरी बाडेका थियौ झुपडीमा ।
तिम्रा जस्ता चाहाना तिनीहरुका नहोलान ,
तर थोरै हास्ने सपना तिमीले नै देखाएका हैनौ र रु
गाउँ फर्किदा खै के जवाफ दिउ तिनका प्रश्नको ।
तिम्रो महलमा बास र आकासमा सएर भईरहदा ,
उनीहरुले धर्तीमा नाङो पाउ हिंड्नु परेको छ ।
तिम्रो गलाले थाम्न नसक्ने माला पहिरीरहदा ,
गरिबको तनले एक सरो नपाइ बिदा मागेको छ ।
तिमी त झुपडीको आशु पुछ्न हिंडेको मान्छे हैनौ ररु
कोख रित्तिएका आमाहरुको रोदन उस्तै छ गाउँमा
अर्तनाद क्रन्धन बोकेर चिच्याइरहेछन् घाइतेहरु ।
श्रमिकको राज्य ल्याउने मार्ग दर्शक सिद्धान्त खै
झुपडीको रोग सोक र भोकको अन्त्य गर्ने जिम्मा लिएको
तिमि त नयाँ ब्यबस्था ल्याउन चुनिएको मिसाल भनेको हैन र
तिमी जुन ताराको शहरमा भुलिरहदा
दर्दनाक स्वरमा गुहार माग्दैछ शहिद बस्ती ।
आफ्नो झुपडीमा दियालो बाल्ने सपुतहरु खोज्दै
के जवाफ दिउ सिउदो पुछिएका दिदीहरुलाई
खोई त आजसम्म तिम्रो सपना पुरा भएन र दाइ
‘इमान्दार’,
काठमाडौँ ११ माघ २०७२
प्रतिकृया दिनुहोस्
Loading...